विराट काेहलीलाई आउट गर्न पर्खिरहेकाे छु : ट्रेन्ट बाेल्ट

 फागुन ७, २०७६ बुधबार ९:३४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – न्युजिल्याण्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कँदैछन् । 

बोल्ट भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको विकेट लिँदै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पुनरागमन याद गर्न लायक बनाउन चाहन्छन् । अस्ट्रेलियाविरुद्ध बक्सिङ डे टेस्टमा हात फ्र्याक्चर भएपछि उनी भारतविरुद्ध सीमित ओभरको सिरिजमा टिमको हिस्सा थिएनन् । 

तर आउँदो शुक्रबारदेखि सुरु हुन लागेको भारतविरुद्धको टेस्ट सिरिजमा बोल्ट टिममा फर्कन लागेका हुन् । 

टेस्ट सुरु हुनुअघि नै बोल्टले आफ्नो प्राथमिकताका बारेमा स्पष्ट पारेका छन् । कोहलीलाई लिएर उनले भने, ‘जब म खेल्छु, मेरो कोसिस उनी (विराट) जस्ता क्रिकेटरलाई आउट गर्दै आफूलाई साबित गर्ने हुन्ट । म उनलाई आउट गर्न लामो समयदेखि कुरिरहेको छु । तर उनी उत्कृष्ट खेलाडी हुन् ।’

भारत र न्युजिल्याण्डबीच दुई खेलको टेस्ट सिरिज आउँदो २१ फेब्रुअरीबाट सुरु हुँदैछ ।       

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया