भक्तपुरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

 साउन ९, २०७५ बुधबार ८:१५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – मंगलबार राति भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

अरनिको राजमार्ग अन्तर्गत मध्यपुरथिमि नगरपालिका चारदोबाटो चोकमा काठमाडौंबाट भक्तपुरतर्फ आइरहेको बा. ३ च. ८३१७ नम्बरको निजी कार सडक डिभाईडरमा ठोक्किँदा कार चालक सिन्धुली घर भई सुर्यविनायक बस्ने वर्ष ४७ का रमेशराज राउतको ज्यान गएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका राउतको उपचारका क्रममा गठ्ठाघरमा रहेको नागरिक अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका रमेशराजका छोरा १८ वर्षका रविन राउतको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ  ।

कार डिभाइडरमा ठोक्किएर फर्कँदा एकै दिशाबाट आइरहेको बा. ४६ प. १५५२ नम्बरको मोटर साइकलले दुर्घटनाग्रस्त कारलाई ठक्कर दिँदा मोटरसाईकल चालक रामेछाप खाँडादेवीका ३१ वर्षीय बिष्णु बहादुर श्रेष्ठ र पछाडि बस्ने रामेछाप घर भएका ३३ वर्षका राजन श्रेष्ठ पनि घाइते भएका छन् । दुवैको नागरिक अस्पतालमा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया