म्यानचेस्टर युनाइटेड बेल्जियम क्लब ब्रुगसँग बराबरीमा रोकियो

 फागुन ८, २०७६ शुक्रबार ५:८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - युइएफए युरोपा लिगमा म्यानचेस्टर युनाइटेड बेल्जियम क्लब ब्रुगसँग बराबरीमा रोकिएको छ । बेल्जियम क्लब ब्रुगको घरेलु मैदानमा भएको खेलमा युनाइटेड १-१ गोलको बराबरीमा रोकिएकाे हाे ।

युनाइटेडले ब्रुगको एक गोलको अग्रता उल्ट्याएको हो । घरेलु टोली ब्रुगले खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो । ब्रुगका लागि इमानुयल डेनिसले गोल गरेका थिए ।

तर ३६ औं मिनेटमा युनाइटेडले खेल बराबरी गर्न सफल भएकाे थियाे। युटाइनेडका लागि एन्टोइन मार्टीयलले गोल गरे । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

अब यी दुई टिमको दोस्रो खेल युनाइटेडको घरेलु मैदानमा हुनेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया