प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले लुटतन्त्र मच्चाइरहेको आरोप लगाउनुभएको छ ।
सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यी दुई दलको पछिल्लो समय देखिएका गतिविधिले देशमा लुटतन्त्र हाबी भएको बताउनुभयो ।
अध्यक्ष थापाले ठूला दुई दलका कारण देशमा भ्रष्टाचार मौलाइरहेको दाबी गर्नुभयो । ‘सत्तारुढ दल र प्रमुुख प्रतिपक्ष दलको सहभागितामा देशमा लुटतन्त्र चलिरहेको छ । पछिल्ला घटनाक्रमले पनि यसको पुष्टि हुन्छ’, उहाँले भन्नुभयो, ‘देशमा भष्टाचार झन्–झन् मौलाइरहेको छ । अब जनस्तरबाट यसको आवाज उठ्न जरुरी छ ।’
अध्यक्ष थापाले नेकपा र काङ्ग्रेस आफ्नो सिद्धान्तबाट विचलित भएर गलत बाटोतर्फ लागेको बताउनुुभयो ।
फरक प्रसङ्गमा अध्यक्ष थापाले एमसीसीबारेमा सत्तारुढ दल र सरकारलाई आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गर्नुभयो । एमसीसीबारे अहिले आएका भ्रम, आशङ्का सम्बोधन गर्ने गरी सरकारले आफ्ना धारणा सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ ।
केही प्राविधिक विषयलाई संशोधन गरेर एमसीसी पारित गरे राज्यको हितमा हुने बताउनुभयो ।