बलात्कारको आरोपपछि फरार मन्सुरबाबु पक्राउ

 जेठ ११, २०७५ शुक्रबार १३:५५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा, जेठ ११ – पर्सामा बलात्कार आरोप लागेपछि फरार रहेका अधिवक्ता मन्सुरबाबु पक्राउ परेका छन् । धर्म छोराकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा उनीलाई प्रहरीले पक्राउ गरेको हो ।

गएको मंसिर १८ गते आफूमाथि दुर्व्यवहार भएको भन्दै पीडितले पुस ९ गते प्रहरीमा जाहेरी दर्ता गरेका थिए । प्रहरीमा जाहेरी परे पछि कानुन व्यवसायी समेत रहेका मन्सुरबाबु फरार थिए ।

उनलाई विहिबार पर्सा जिल्ला अदालत नजिकैबाट पक्रेको डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । पक्राउ परेका मन्सुरबाबु सांसद शेखचाँद ताराका श्रीमान हुन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया