प्रदेश २ सरकारमा थपिए तीन राज्यमन्त्री, फरार सूचीमा रहेका शर्माले समेत लिए सपथ

 साउन ९, २०७५ बुधबार १६:४९:५३ | शैलेन्द्र महतो
unn.prixa.net

जनकपुरधाम - प्रदेश नम्बर २ मा बुधबार मन्त्रिपरिषद् बिस्तार भएको छ । राष्ट्रिय जनता पार्टी नेपालबाट ३ जना राज्यमन्त्रीले बुधबार पद तथा गोपनियताको सपथ लिएसँगै मन्त्रिपरिषद् बिस्तार भएकाे हाे । 

बिस्तारसँगै अव प्रदेश २ को मन्त्रीमण्डल १३ सदस्यीय बनेको छ । उद्योग तथा पर्यटन राज्यमन्त्रीमा सुरेश मण्डल, भौतिक पूर्वाधार राज्यमन्त्रीमा डिम्पलकुमारी झा र सामाजिक विकास राज्यमन्त्रीमा  अभिराम शर्माले पद तथा गोपनियताको सपथ लिनुभएको हो ।

बुधबार जनकपुर चुरोटकारखानाकको कवर्डहलमा अयोजित सपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ समक्षा मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त राज्यमन्त्रीहरुलाई सपथ ग्रहण गराउनु भएको हाे । नवनियुक्त राज्यमन्त्रीमध्ये मण्डल र शर्माले मैथिली भाषामा सपथ लिनुभयाे भने झाले हिन्दी भाषामा सपथ लिनुभयाे । 

अान्तारिक विवादका कारण अाफ्नाे भागमा परेकाे मन्त्रीहरुकाे नाम टु‌ंगाे लगाउन प्रदेश २ मा सरकार बनेको पाँच महिनासम्म पनि राजपा असमर्थ रहँदै अाएकाे थियाे । लामाे छलफलपछि गत साेमबार मात्रै राजपाले सरकारमा जाने तीन राज्यमन्त्रीको नाम टुंग्याएर मुख्यमन्त्रीलार्इ पठाएको थियो ।

राज्यमन्त्री बन्ने डिम्पल झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन् । यस्तै शर्मामाथि वि.स. २०७२ भदौ २५ गते मधेश आन्दोलनको क्रममा भएको असई थमन विकको हत्या आरोपी हुन् । उहाँ फरारको सूचीमा समेत हुनुहुन्छ । शर्मा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरका विश्वास पात्र हुन् ।

सपथग्रहण कार्यक्रममा सभामुख सरोज यादव लगायत प्रदेश नं. २ का मन्त्री तथा राज्यमन्त्री र राजनीतिक दलका प्रतिनिधहरुको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया