भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
सिरहा – सिरहाको कर्जन्हा नगरपालिका ४ मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।
ट्रकमा माेटरसाइकल ठाेक्किँदा अर्का एक जना घाइते भएका छन् । बिग्रिएर सडक छेउमा रोकेर राखिएको ना ३ ख ९०२४ नम्बरको ट्रकमा स ८ प ७७१२ नम्बरको मोटरसाइकल ठोक्किएकाे हाे ।
माेटरसाइकल ठाेक्किँदा घाइते भएका सिरहाको कल्याणपुर नगरपालिका ८ का विपया दासको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते मोटरसाइकल चालक २७ वर्षीय सोनिया दासको फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।