सीपी मैनाली चढेको कार बर्दिवासमा दुर्घटना : अवस्था गम्भीर

 फागुन १५, २०७६ बिहिबार १४:४२:५५ | धनवीर महतो
unn.prixa.net

काठमाण्डौ - पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली चढेको कार महोत्तरीको बर्दिवासमा दुर्घटनाग्रस्त भएको छ ।

मैनाली र उहाँका परिवारका सदस्य रहेकाे कार बिहीबार दिउँसो महोत्तरीको बर्दीवास नगरपालिका वडा नं-३ कालापानीमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनुभएका मैनालीकाे अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डाै लैजान लागिएकाे इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएकाे छ ।

झापाबाट काठमाण्डौ आउँदै गरेको मैनाली चढेकाे बा ७ च २१२० नम्बरको कार बर्दिवासको वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको हो ।

कारमा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पी एन् मैनाली र कार चालक रामप्रसाद पौड्याल रहेकाे प्रहरीले जनाएकाे छ ।  प्रहरीका अनुसार दुर्घटनामा सीपी मैनालीको खुट्टा, निधार र अनुहारमा गम्भीर चाेट लागेको छ । बुहारी पूजाको दुवै खुट्टा भाँचिएको छ ।  अरु सामान्य घाइते भएका छन्।

मैनाली बाहेक अन्य घाइतेहरूकाे बर्दिवास जनसेवा हस्पिटलमा प्राथमिक उपचार भइरहेको छ । मैनालीलाइ उपचारका लागि काठमाडाै लैजाने तयारी भैरहेकाे छ ।

अन्तिम अपडेट: चैत १, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया