दिल्ली हिंसा : विवादित नागरिकता कानुन र साम्प्रदायिक हिंसालाई लिएर चिन्ता व्यक्त

 फागुन १६, २०७६ शुक्रबार ६:३१:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी) ले दिल्लीमा भड्किएको हिंसाप्रति चिन्ता व्यक्त गरेको छ ।

स्विजरल्याण्डकाे जेनेभामा परिषद्को ३४ औँ बैठकमा परिषद् प्रमुख मिसेल बाचेलेत जेरियाले भारतमा नागरिकता संसोधन कानुनलाई लिएर भएको हिंसाप्रति चिन्ता व्यक्त गरेकी छिन् । 

यसअघिको कश्मीर घटनाबाट भारत र पाकिस्तानबीच द्वन्द्व बढ्नु र अहिले फरक सम्प्रदायबीच हिंसा भड्किनुले विश्वकै मानवअधिकारको स्थितिमा समस्या ल्याउने भन्दै प्रमुख मिसेलले संयमता अपनाउन र हिंसालाई समाधान गर्न भारतलाई आग्रह गर्नुभएको छ ।

नागरिकतासम्बन्धी कानुनले मुस्लिम समुदायलाई विभेद गरेको भन्दै सुरु भएको आन्दोलनमा गएको आइतबारदेखि पक्ष र विपक्षबीच हिंसा भएको हो । दिल्लीमा भड्किएको हिंसामा अहिलेसम्म कम्तीमा ३७ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अन्य दुई सयभन्दा धेरै घाइते भएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीसहितका सबै दलका नेताहरुले शान्तिको अपिल गरिरहेका भए पनि हिंसा नघटेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया