सिरियामा हवाई आक्रमण, २९ टर्कीस सैनिक मारिए

 फागुन १६, २०७६ शुक्रबार ८:२३:३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – सिरियाले गरेकाे हवाई आक्रमणमा कम्तीमा २९ टर्कीस सैनिक मारिएका छन् । टर्कीका अधिकारीहरुका अनुसार यो आक्रमण उत्तर–पश्चिमी सिरियामा भएको हो । 

टर्कीको हातय प्रान्तका गभर्नर रहमी डोगनले हवाई आक्रमणमा सिरियाको शहर इदलिबमा कयौँ व्यक्ति घाइते भएको बताएका छन् । केही रिपोर्टका अनुसार हवाई आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या २९ भन्दा बढी छ । 

घटनापछि टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दाेआनले उच्चस्तरीय सुरक्षा बैठक बोलाएका छन् । 

इदलिब अहिले विद्रोहीहरुको नियन्त्रणमा छ र रुसको समर्थन पाएको सिरियाली सेना इदलिबलाई विद्रोहीहरुको नियन्त्रणबाट छुटाउन चाहन्छ । विद्रोहीहरुले पनि टर्की सेनाको समर्थन प्राप्त गरेको बताइएको छ । 

गएको वर्षको डिसेम्बरदेखि इदलिबमा युद्ध चलिरहेको छ, जसका कारण लाखौँ सङ्ख्यामा मानिसहरु पलायन भइरहेका छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया