जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ - इरानी महिला फुटसल राष्ट्रिय टोलीकी २२ वर्षीय सदस्य एल्हाम शेखीको कोरोना भाइरसका कारण ज्यान गएकाे छ ।उनी दश दिनदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी स्थानीय समाचार संस्था राेखाले जनाएकाे छ ।
खेलकुदमा कोरोना भाइरसका कारण बढेको त्रासका बीच इरानमा सबै खेलकुद कार्यक्रमहरू स्थगित गरिएकाे छ । शेखी रहने प्रान्तको राजधानी क्वम सहरमा सयौँ चिनियाँ शिया विद्वानहरू रहेको र त्यहीबाट संक्रमण भएको पुष्टि गरिएको छ ।
शेखीको निधनप्रति प्रतिक्रिया व्यक्त गर्दै इरानी अन्तर्राष्ट्रिय महिला फुटसल रेफ्री एसो जावहेरीले इरानले कोरोना भाइरसलाई समान्य रुपमा लिएकोप्रति आक्रोश व्यक्त गरेकी छिन् ।
यसैबीच एशियाली फुटबल कन्फेडेरेसनले एएफसीका लागि तयार चार इरानी टिमहरूको फुटबल खेलहरू रद्द गरेको बताइएको छ ।