सडक मर्मतका कारण नागढुङ्गामा जाम : उपत्यकामा गाडीको चाप

 फागुन १६, २०७६ शुक्रबार १७:३८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सडक मर्मत भइरहेकाले काठमाण्डौ मुख्य नाका नागढुङ्गामा लामो जाम भएको छ । दुई हप्तादेखि नागढुङ्गा नौबिसे सडकखण्डमा सडक कालोपत्रे गर्ने काम भइरहेको छ ।

 यसकै कारण दिउँसाे र बेलुकी यो सडकखण्डमा एक लेनमा मात्रै गाडी चलाउने गरिएको छ । जसका कारण जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कालोपत्रे गर्ने समय छुट्ट्याए पनि निर्माण सामग्री लगायत अभावका कारण बेलैमा काम हुन नसकेको ट्राफिक प्रहरीले बताएका छन् । 

यस्तै यतिबेला काठमाण्डाै उपत्यकामा विभिन्न ठाउँमा पनि जाम छ । कार्यालय छुट्ने समय भएकाले कोटेश्वर, महारगञ्ज, थापाथली, त्रिपुरेश्वर, केशरमल, गौशालालगायत ठाउँमा जाम बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०७६

तपाईको प्रतिक्रिया