अफगानिस्तानको तालिवान समूह र अमेरिकाबीच आज शान्ति सम्झौता हुँदै

 फागुन १७, २०७६ शनिबार ९:५६:३० | एजेन्सी
unn.prixa.net

अफगानिस्तानको विद्रोही समूह तालिवान र अमेरिकाबीच आज शान्तिसम्झौता हुँदैछ ।

कतारको राजधानी दोहामा हुने कार्यक्रममा दुवै पक्षले सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । एक हप्ताअघि नै अमेरिका, अफगानस्तानका सुरक्षाकर्मी र तालिवानबीच आक्रमण नगर्ने समझदारी भएको थियो ।

शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा १८ वर्ष लामो युद्ध अन्त्य हुने आशा गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् अमेरिकाको पेन्टागनमा रहेका जुम्ल्याहा भवनमा आक्रमण भएपछि अमेरिकाले २००१ मा अफगानिस्तान सरकारलाई सैन्य लगायत सहयोग गर्दै तालिवान लडाकुविरुद्ध आक्रमण सुरु गरेको थियो ।

अमेरिकाले नै तालिवानसँग सम्झौता गर्न लागेको हो । दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएपछि आज नै अफगानिस्तानको राजधानी काबुलमा युद्धविरामको संयुक्त घोषणा हुने बीबीसीले जनाएको छ । घोषणासभापछि मात्रै अफगान राष्ट्रपति घानीले नयाँ कार्यकालका लागि पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

1 Comments

  • Himal Magar

    March 1, 2020, 10:59 a.m.

    विश्वले युद्ध नचाहेकाे सन्देश अन्तराष्ट्रिय जगतमा फैलाउन अावश्यक छ । अफगानस्तानलाइ समृद्धिकाे वाटाेमा लान एक कदम सहयाेग गरेकाे वुझिएकाे छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया