आईसीसी महिला टी-२० विश्वकप : न्युजिल्याण्डकाे दोस्रो जित

 फागुन १७, २०७६ शनिबार १०:४७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला टी २० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले दोस्रो जित दर्ता गरेको छ ।

समूह एमा रहेको न्युजिल्याण्डले बंगलादेशमाथि १७ रनको जित दर्ता गरेको हो । जम्मा ९२ रनको लक्ष्य पछ्याएको बंगलादेश १९।५ ओभरमा सवै विकेट गुमाउँदै ७४ रनमा अल आउट पुग्यो ।

बंगलादेशका लागि निगर सुल्तानले सर्वाधिक २१ रन बनाउँदा मुर्सिदा खातुनले ११ तथा रितु मोनीले १० रन बनाइन् । अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।

न्युजिल्याण्डका लागि हेलि जेनसन र लेघ कासप्रेकले समान तीन तीन विकेट लिए । पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले सुरुआत राम्रो गरे पनि मिडिल अर्डर भने पुरै फ्लप भयो । पहिलो विकेट ३६ रनमा गुमाएको न्युजिल्याण्ड १८।४ ओभरमा ९१ रनमा समेटिन पुग्यो ।

रिचेल पेरिस्टले २५ रन बनाउँदा सुजि बेट्सले १५ तथा सोफि डिभाइनले १२ र म्याडी ग्रिनले ११ रन बनाइन् । अरुले दोहोरो अंकमा रन बनएनन् । बंगलादेशका लागि रितु मोनीले चार तथा सलमा खातुनले ३ विकेट हात पारिन् । दोस्रो जितसँगै न्युजिल्याण्डले सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राखेको छ ।

समूह ए बाट भारत लगातार तीन खेल जित्दै सेमिफाइनलमा पुगिसकेको छ भने दोस्रो स्थानको अस्ट्रेलिया र तेस्रो स्थानमा रहेको न्युजिल्याण्डको समान चार चार अंक छ । श्रीलंका र बंगलादेश भने प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया