खेलभन्दा मानिसको स्वास्थ्य महत्वपूर्ण : फिफा अध्यक्ष इन्फान्टिनाे

 फागुन १७, २०७६ शनिबार १३:४८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले खेलभन्दा मानिसको स्वास्थ्य महत्वपूर्ण रहेको बताएका छन् ।

काेराेनाका कारण आउँदाे महिना हुने फुटबलका गतिविधिहरु स्थगित हुन सक्नेछन् । अर्को महिना विश्वकपका लागि एसियाली छनोट, युरो कपको छनोटसँगै जापानमा हुने ओलम्पिकका लागि फुटबलका छनोट प्रतियोगिता हुँदैछन् ।

यस्तै अन्य मैत्रीपूर्ण खेलहरु पनि सञ्चालन हुनेछन् । अर्को महिना विश्वकप छनोट खेल्न चाइनिज ताइपेई र अष्ट्रेलिया पनि नेपाल आउँदैछन् ।

‘मानिसको स्वास्थ खेलभन्दा महत्वपूर्ण छ,’ फिफा अध्यक्ष इन्फान्टिनोले भने ।

भाइरसका कारण खेलाडीहरु पनि भयभित हुन थालेका छन् । शुक्रबार सम्म फुटबल खेलकुदमा कोरोना भाइरसको असर देखिएको छ । 
स्वीट्जरल्याण्डमा शीर्ष दुई डिभिजनका खेलहरु स्थगित गरिएका छन् । कोरियामा शल्यक्रिया गरेर आएका टोटनह्यामका सन ह्योङ् मिनले आफूलाई क्वारेन्टाइनमा राखेका छन् । यस्तै न्यूक्यासल र वेष्टह्यामले खेलअघि हात मिलाउन निषेध गरेको छ । 

फिफा अध्यक्षले अर्को महिनाका खेल तालिकाहरु प्रभावित नहुने आशा गरेका छन् । तर, कुनै खतराको संकेत भएको अवस्थामा स्थगित गर्न सकिने पनि बताए ।
‘खेलहरु स्थगित वा खाली रंगशालामा खेलाउनु पर्ने अवस्था आउन सक्छ,’ फिफा अध्यक्षले भने ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया