नेपाललाई मलेसियाकाे १५५ रनकाे चुनाैती

 फागुन १७, २०७६ शनिबार १४:३३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एसीसी टी २० इस्ट्रन रिजन च्याम्पियनसिपमा नेपालले मलेसियाबाट एक सय ५५ रनको लक्ष्य पाएको छ ।

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५४ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको मलेसियाको मध्यक्रमका खेलाडीले केही राम्रो खेले ।

१५ रनमा दुई विकेट गुमाएको मलेसियाका लागि ओपनर भिरनदीप सिंह तीन रनमा आउट भए भने खिजर हायातले खाता खोल्न सकेनन् । तर त्यसपछि मोहम्मद अनवर अरुदिनले ३१ रन बनाए भने अहमद फइज नुरले ३० रन बनाए ।

यस्तै मोहम्मद अरिफले एक रनमात्र जोडे । मलेसियाले ५३ रन बनाउँदा तीन विकेट गुमाएको थियो भने ८७ रनमा चौथो र ८९ रनमा पाँचौ विकेट गुमाएकाे थियो । 

सन्दीपले आफ्नो पहिलो ओभरमा नै दुई वकेट लिए भने अभिनाश बोहोरोले पनि एकै ओभरमा दुई विकेट लिए । आजको खेलमा तीन विकेट लिएका सन्दीपले अन्तर्राष्ट्रिय टी २० मा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बने ।

छैटौ विकेटका लागि सइद अजिज र अनिमुदिन राम्लेबीच अर्धशतकीय साझेदारी भएको थियो । जसमा सइदले अर्धशतकीय पारी खेले । उनले  ३५ बलमा ५१ रन बनाए । यस्तै राम्लेले २९ रनको योगदान गरे । बलिङमा नेपालका सन्दीपले ३ तथा अविनाशले २ र करणले १ विकेट लिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया