नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
धनगढी - बिहीबार दिउँसो कञ्चनपुरमा आमाबुबाको हत्यापछि जीवितै भेटिएकी शिशुको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । बेहोस भएपछि शुक्रबार रातिदेखि धनगढीमा रहेको माया मेट्रो अस्पतालमा ७ महिने शिशुको आइसियुमा राखेर उपचार भैरहेको छ ।
आमाबुबाको हत्यापछि शिशुलाई मावलीको जिम्मा लगाइएको थियो । आमाबुवाको हत्यापछि बिचल्लीमा परेकी शिशुको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले बताउनुभयो ।
अस्पतालका बालरोग विशेषज्ञ डाक्टर मोहन साउदले बच्चाको टाउकोमा गम्भीर चोट लागेकोले अवस्था अत्यन्तै नाजुक रहेको बताउनुभयो ।
डाक्टर साउदले बच्चाको उपचारमा अस्पतालले विशेष ध्यान दिइरहेको जानकारी दिनुभयो । बच्चाको होस अझै आइनसकेको कारण केही भन्न नसकिने अवस्था रहेको अस्पतालले जनाएको छ ।
बिहीबार कञ्चनपुरका जयलाल भण्डारी र उनकी २२ वर्षीया श्रीमती धानादेवी भण्डारी दिउँसो आफ्नै घरमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका थिए ।
उनीहरुको हत्या कसले गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।