टिप्परकाे ठक्करबाट एक जनाकाे ज्यान गयाे

 फागुन १८, २०७६ आइतबार ६:३३:१८ | देव पचभैया
unn.prixa.net

पाल्पा – टिप्परकाे ठक्करबाट पाल्पामा एक जनाकाे ज्यान गएकाे छ ।

माथागढी गाउँपालिका ५ मा शनिबार दिउँसो टिप्परले ठक्कर दिँदा स्कुटर चालक रुपन्देही देबदह नगरपालिका ६ का ४६ वर्षीय तुलसिङ सिङकिजाको ज्यान गएको हो । टिप्परकाे ठक्करबाट घाइते हुनुभएका सिङकिजाकाे उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ  ।

माथागढी बाट सुनवल जाँदै गरेको लु ४१ प १८९० नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २०३१ नम्बरको टिप्परले ठक्कर दिएको हो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया