पहिरोले सगरमाथा लोकमार्ग बन्द

 साउन ९, २०७५ बुधबार १९:१७:३५ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – वर्षाका कारण सगरमाथा लोकमार्ग बन्द भएको छ । जिल्लाको साउने, खाँवु र छाम्लिङ्ग सडकखण्डमा पहिरो खसेपछि सडक बन्द भएको हो । 

गाईघाट–दिक्तेल सडक कार्यालयका अनुसार साउने, खाँवु क्षेत्रको पहिरो हटाउने कार्य भइरहे पनि सवारी सञ्चालन हुन सकेको छैन । पहिरो हटाउँदै गए पनि पहिरो झर्ने क्रम नरोकिएकाले सवारी सञ्चालन हुन नसकेको कार्यालयका इञ्जिनियर हरिप्रसाद पोखरेलले बताउनुभयो । 

पहिरो जाने क्रम नरोकिएकाले उदयपुरको पहाडी क्षेत्र र खोटाङ्ग सम्म जाने यातायातका साधन सञ्चालन हुन सकेको छैन । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया