सामसङ ग्यालेक्सी एस २० र एस २० प्लसकाे प्रिअर्डर सुरु

 फागुन २०, २०७६ मंगलबार १८:४४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सामसङ नेपालले ग्यालेक्सीको एस २० र एस २० प्लसको प्रिअर्डर सुरु गरेको छ ।

कम्पनीले सोमबार पत्रकार सम्मेलन गरी यही फागुन ३० गतेदेखि नेपाली बजारमा यी फोन उपलब्ध हुने जानकारी गराएको हो । अग्रिम बुकिङ गर्नेहरुका लागि विभिन्न छुट, बीमालगायत अन्य सुविधा उपलब्ध गराउने कम्पनीले जनाएकाे छ । 

उत्कृष्ट भिडियो तथा सुपरजुमका साथमा ‘८ के’ भिडियो रेकर्ड गर्नसक्ने ६४ मेगापिक्सेल क्षमताका क्यामेरा, उत्कृष्ट प्राेसेसरलगायत थुप्रै विशेषता यी माेबाइलमा रहेका छन् ।

म्पनीका नेपाल निर्देशक प्रणयरत्न स्थापित यी फोनहरु नेपाली उपभोक्तामाझ लोकप्रिय बन्ने विश्वास व्यक्त गर्नुभयाे । कमपनीले एस २० को बजार मूल्य एक लाख सात हजार तथा एस २० प्लसको एक लाख १९ हजार ताेकेको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया