बलात्कार आराेपी सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण

 फागुन २०, २०७६ मंगलबार १४:१:२ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - फरार रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा हाजिर भएका छन् । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा उच्च अदालत विराटनगरले मुद्दा सुनुवाइ गरेको दिन उनी जोगबनी नाका हुँदै भारत प्रवेश गरेका थिए ।

बलात्कार गरेको अभियोगमा पक्राउ परेका सिद्धबाबालाई जिल्ला अदालत सुनसरीले पुसमा धरौटीमा छोड्न आदेश दिएको थियो । उच्च अदालतले धरौटीमा छाड्ने जिल्लाको आदेशलाई बदर गर्दै थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेको थियो ।

जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हाे । 

आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेकाे थियो । उच्च अदालतको आदेशपछि फरार उनी एक महिनापछि फेरिजिल्ला अदालत सुनसरीमा हाजिर भएका हुन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • swoti

    March 3, 2020, 3:18 p.m.

    अहिले २१औं शताब्दीमा पनि कोहि शिद्ध बाबा हुन्छ र ??

  •  0 Reply

तपाईको प्रतिक्रिया