रामेछापमा जिल्ला प्रहरी कार्यालयमै प्रहरी छैनन्

 साउन १०, २०७५ बिहिबार ७:२५:३४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – जिल्लामा दरबन्दी अनुसारको कर्मचारी नहुँदा जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रहरीको खडेरी परेको छ । 

जिल्लाभरमा ४ सय ६९ जना दरबन्दी रहेकोमा जिल्ला प्रहरी कार्यालय मन्थलीमा २० जना दरबन्दी लामो समयदेखि रिक्त छ । उक्त दरबन्दीमा पटक–पटक कर्मचारी माग गर्दा समेत कर्मचारी आएका छैनन् । पर्याप्त कर्मचारी नहुँदा दैनिक काममा समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 
    
जिल्ला प्रहरी कार्यालय मन्थलीमा प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी हवल्दार २ जना, प्रहरी जवान १४ जना र प्रहरी कार्यालय सहायक १ जना गरी २० जनाको दरबन्दी रिक्त रहेको कार्यालयका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया