साउदीमा अलपत्र उदयपुरका पौडेलको उद्धार

 साउन १०, २०७५ बिहिबार १६:४७:४४

रमा मगर 

उदयपुर – साउदी अरबमा अलपत्र उदयपुरका भरतबहादुर पौडेलको उद्धार गरिएको छ । कम्पनीले तीन महिनाको तलब नदिएको र उद्धार गर्न नेपालबाट पहल गर्दा कामबाट निकालिदिएपछि वैदेशिक रोजगार विभागले उहाँको उद्धार गरेको हो । 

उदयपुरमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले भरतबहादुरलाई पठाउने ब्रोड वे ओभरसिजविरुद्ध विभागमा उजुरी दिएपछि उहाँको उद्धार भएको हो । उहाँलाई म्यानपावरले टिकटको खर्च दिएपछि मंगबार नेपाल फर्किनुभएको केन्द्रले जनाएको छ ।

साथै म्यानपावरले उहाँलाई ८० हजार रुपैयाँ दिने सहमति भएको छ । 

भरतबहादुर अलपत्र परेको बारेमा उज्यालोमा प्रकाशित खबर पढ्नुहोस् । 

एजेण्ट र म्यानपावरका कुरा पत्याउँदा साउदीमा अलपत्र, उद्धार गरिदिन आग्रह

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया