महोत्तरीका मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
बैशाख १३, २०८१ बिहिबार
पाल्पा - पाल्पाको रिब्दीकोट गाउँपालिकाले बिनाकाम आफूलाई पैसा पठाएको भन्दै पत्रकार सुनिल कार्कीले हुलाक मार्फत गाउँपालिकामै फिर्ता पठाउनुभएको छ ।
जिल्ला हुलाकमार्फत पत्रमा पैसा पठाएको भन्दै कार्कीले सामाजिक सञ्जालमा राखेपछि राम्रो काम गरेको भन्दै दर्जनौँ प्रतिकृया आएका छन् । सामाजिक सञ्जालमा उहाँले ‘एक पत्रकार मित्रसँग मलाई पठाएको एक हजार के कति कारणले पठाएको हो, स्रोत नखुलेको कारण ग्रहण गर्न असमर्थ छु’ भन्ने स्टाटस राख्नुभएकाे थियाे ।
आर्थिक सुशासन र पारदर्शितालाई आत्मसात गर्ने नारा बोकेको गाउँपालिकाले हचुवाको भरमा यसरी आर्थिक दुरुपयोग गर्न ठिक नभएको कार्कीको भनाइ छ ।
कार्कीसँगै रिपोर्टिङका लागि स्थानीय गाउँमा पुगेका अर्का पत्रकारका अनुसार पत्रकार आएको थाहा पाएपछि गाउँपालिकाको अर्को कार्यक्रम रहेको भन्दै सहभागी हुन प्रमुख प्रशासकीय अधिकृतले आग्रह गरेका तर आफूहरु अर्के कामका लागि आएको भनेपछि बाटोमै हस्ताक्षर गराएर पैसा दिएका हुन् ।
‘पत्रकारलाई कार्यक्रममा बोलाएपछि आउने जाने बाटो खर्च र खाजा खर्च दिने चलन अनुसार नै दिएका हौँ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले भन्नुभयो, ‘किन फिर्ता गर्नुभएछ, सायद अरु कुनै कारणले होला कि ?’
मनलाग्दी भुक्तानी
अघिल्लाे आर्थिक वर्षमा रिब्दीकोट गाउँपालिकाले सञ्चारगृहलाई भुक्तानी गरेको रेकर्ड हेर्दा बिनामापडण्ड पैसा दिएको देखिएको छ । एउटै संस्थालाई पटक पटक सूचना र कार्यक्रम बापत रकम दिएको गाउँपालिकाले छिमेकी रुपन्देही र काठमाण्डौका संचारगृहलाई समेत रकम दिएकाे पाइएकाे छ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।