धनुषामा ​बस पल्टिँदा २० जनाभन्दा बढी घाइते

 जेठ ११, २०७५ शुक्रबार १५:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा, जेठ ११ – जनकपुर–भिठ्ठामोड सडकखण्ड अन्तर्गत महोत्तरीको पीपरामा यात्रुबाहक बस पल्टिँदा २० भन्दा बढी यात्रु घाइते भएका छन् । 

शुक्रबार दिउँसो जनकपुरबाट जलेश्वरको लागि छुटेको ना ३ ख ७५२५ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिदा दुर्घटना भएको हो ।
चालकको लापरवाहीको कारणले बस पल्टेको घाइतेहरुले बताएका छन् । 

दुर्घटनामा घाइते भएकाहरुको उपचार जनकपुर अञ्चल अस्पताल र महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया