मुम्बईबाट आएका युवालाई क्वारेण्टाइनमा राखियो

 चैत ६, २०७६ बिहिबार १८:२६:१८ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - भारतको मुम्बईबाट आएका एक युवालाई क्वारेण्टाइनमा राखिएको छ । 

कपिलवस्तु नगरपालिका-२, लम्तियाका २५ वर्षीय वृजमन धोबीलाई तौलिहवामा रहेकाे महेन्द्र आधारभूत विद्यालयमा स्थापना गरिएको क्वारेण्टाइनमा राखिएको हो।

धोबी बुधवार राति मात्रै मुम्बईबाट घर आइपुग्नु भएकाे हाे। उहाँलाई सामान्य घाँटी दुखेको र ज्वरो आएको थियो । मुम्बईबाट आएका धोबीलाई ज्वरो आएको खबर पाएपछि आफू गाउँ गएर क्वारेण्टाइनमा ल्याउन पहल गरेकाे कपिलवस्तु नगरपालिका-२ का अध्यक्ष राम भजन कलवारले बताउनु भयाे । 

भारतबाट नेपालतर्फ आएका शंकास्पद बिरामीहरुलाई १४ दिनसम्म क्वारेण्टाइनमा राखिनेछ । क्वारेण्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा २ हप्तासम्म राखेपछि सामान्य अवस्था देखिए मात्रै घर फर्काइने डा. किशाेर बञ्जाडेले बताउनु भयाे ।

भारतसँग सीमा जोडिएका नाकाहरु कृष्णनगर, मर्यादापुर, चाकरचौडामा सशस्त्र प्रहरीले थर्मोगनबाट ज्वरो जाँच, तथा अन्य निगरानी गरिरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । 

अन्तिम अपडेट: चैत २०, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया