बन्द रङ्गशालामा खेल्नु परे पनि युनाइटेडले आफ्ना कर्मचारीको पारिश्रमिक नरोक्ने

 चैत ७, २०७६ शुक्रबार १०:३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइर (काेभिड–१९) का कारण फुटबल सिजन प्रभावित भए पनि म्यान्चेस्टर युनाइटेडले आफ्ना कर्मचारीको पारिश्रमिक नरोक्ने घोषणा गरेको छ ।

बाँकी खेलहरु बन्द रङ्गशालामा खेलाउनु परे पनि कर्मचारीहरुलाई 'म्याच डे' पारिश्रमिक दिने युनाइटेडले निर्णय गरेको छ । 

इङ्ग्लिस फुटबल सङ्घले अप्रिल ३० सम्मका लागि इङ्ग्ल्याण्डका सबै खेलकुद गतिविधि स्थगित गरेको छ र याे अवधि लम्बिन सक्नेछ । तीन हजारभन्दा बढी कर्मचारीका लागि युनाइटेडले एक मिलियन पाउण्डभन्दा बढी रकम पारिश्रमिक पठाउनुपर्छ । 

युनाइटेडले एक विज्ञप्ति जारी गर्दै कर्मचारीकै कारणले गर्दा खेलाडी तथा खेलप्रेमीहरुले वल्ड ट्राफोर्डमा राम्रो सजिलोसँग फुटबल हेर्ने वातावारण मिलेको उल्लेख गरेको छ । 

‘वल्ड ट्राफोर्डमा फ्यानहरुलाई राम्रो अनुभव दिलाउनका लागि हाम्रा उत्कृष्ट कर्मचारीको सेवामा भर पर्ने गरेका छौंँ। यो अवस्थामा जे भए पनि (खेल भए वा सारिए) हामी उनीहरुलाई आर्थिक सुरक्षा दिनेछौँ', विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया