सल्यानमा पिकअप भ्यान दुर्घटना हुँदा दाजुको मृत्यु, भाइ घाइते

 साउन ११, २०७५ शुक्रबार ७:५६:३३ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सिद्धकुमाख गाउँपालिका ३ का २६ वर्षीय हेमराज रेउलेको पिकअप दुर्घटनामा ज्यान गएको हो ।

विहीबार बेलुकी सिद्धकुमाख गाउँपालिका ३ फलाँटेबाट ढोरचौरका लागि छुटेको लु १ च ७७४४ नम्बरको पिकअप भ्यान फलाटेमै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका रेउलेको थप उपचारको लागि कोहलपुर लैजादै गर्दा बाटोमै ज्यान गएको हो । दुर्घटनामा मृतक रेउलेका भाइ मदन रेउले घाइते भएका छन् ।

उनको कोहलपुरमा उपचार भैरहेको छ । वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया