हिरासतमा यातना दिने दुईजना प्रहरीलाई मृत्युदण्ड

 साउन ११, २०७५ शुक्रवार ९:२३:३४ | एजेन्सी
unn.prixa.net

भारतको दक्षिणी राज्य केरलामा पक्राउ परेका व्यक्तिलाई हिरासतमै यातना दिएर हत्या गरेको अभियोगमा दुईजना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । 

केरलाको विशेष अदालतले ती दुई प्रहरी अधिकारीले चोरीको आशंकामा समातिएका २६ वर्षीय युवकलाई ज्यान जाने गरी हिरासतमै यातना दिएको पुष्टि गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । केरला राज्यमा हिरासतमा भएको मृत्युमा मृत्युदण्ड सुनाइएको यो पहिलो घटना हो ।

१३ वर्षदेखि न्यायका लागि संघर्ष गर्दै आएकी मृतककी आमाले अदालतको फैसलाको स्वागत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: साउन १६, २०७५

तपाईको प्रतिक्रिया