गड्डाचौकी नाका मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिने

भीमदत्त नगरपालिका आजैदेखि लकडाउन

 चैत ९, २०७६ आइतबार १८:४:१६ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - पश्चिमी सीमानाका गड्डाचौकी मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाको अध्यक्षतामा आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यही ११ गतेबाट गड्डाचौकी नाकालाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । 

आइतबार भीमदत्त नगरपालिका, स्वास्थ्य कार्यालय र तीनै तहको सुरक्षा समितिसहितको बैठकले यस्तो निर्णय गरेको हो । प्रजिअ अधिकारीका अनुसार सूचनाको अवज्ञा गर्नेलाई सुरक्षाकर्मी र अधिकारप्राप्त कर्मचारीले नियन्त्रण्मा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ । 

बैठकले आइतबार मध्यरातबाट लागू हुनेगरी भीमदत नगरपालिका क्षेत्रमा दैनिक उपभोग्यका पसल, राहत उद्धार बाहेक सम्पूर्ण उद्योग कलकारखाना, बजार, पसल, व्यवसाय समेत पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै, नाकाबाट भित्रिने व्यक्तिहरुको तथ्याङ्क संकलन गरी वेबसाइटमा राख्ने, आकस्मिक उपचार बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन आग्रह गर्नेजस्ता निर्णय गरेको छ । 

यसैगरी, बजार अनुगमनलाई तीव्रता दिने, सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा भ्रम फैलाउने र सूचना अटेर गर बाहिर निस्किनेहरुलाई कडा कारबाही गर्ने निर्णय समेत गरेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया