घरभित्रै बस्न प्रहरीको अनुरोध, अटेर गरे कारबाही गरिने

 चैत ११, २०७६ मंगलबार ११:२३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - नेपाल प्रहरीले नागरिकलाई घरभित्रै बस्न अनुरोध गरेको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिन नदिन सरकारले देशभरि ‘लकडाउन’ गरेकाले बाहिर नजान र गाडी नचलाउन अनुरोध गरेको हो । 

घरबाहिर निस्किएका कतिपय नागरिकलाई सम्झाइ/बुझाइ घर पठाइएको तर अब पनि अटेर गरे कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ । तर धेरैजसो ठाउँमा नागरिकले लकडाउनलाई पूर्णरुपमा पालना गरेको प्रहरीको भनाइ छ । 

सरकारको निर्देशन अनुसार नागरिक घरभित्रै बसेको र गाडी पनि नचलाएको नेपाल प्रहरीका प्रवक्ता, डीआईजी शैलेश थापाले उज्यालोलाई जानकारी दिनुभयो ।भारतमा लकडाउन गर्दा नागरिकले भिडभाड गरेका समाचार आएको तर नेपालमा भने नागरिकले पूर्णरुपमा यसको पालना गरेको उहाँले बताउनुभयो । 

सीमा नाकामा अड्किएका नागरिकलाई नेपाल छिर्न दिने निर्णय अनुसार सीमामा दुःख पाएका नागरिक नेपाल आउँदा केही भिड जस्तो देखिएको तर उनीहरुलाई नजिकै रहेका क्वारेन्टाइनमा राखिएको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया