कोरोनाको उद्गमस्थल हुवेइमा लकडाउन हट्दै, बुधबारदेखि यातायात चल्ने

 चैत ११, २०७६ मंगलबार १३:३०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना भाइरस अर्थात कोभिड १९ को उद्गमस्थल चीनको हुवेई प्रान्तमा लकडाउन हट्ने भएको छ । 

नयाँ बिरामी नदेखिएको र पुराना बिरामी पनि निको हुँदै गएकाले चीनले हुवेइ प्रान्तको लकडाउन साढे २ महिनापछि हटाउने भएको हो । हुवेइमा आउँदो अप्रिल ८ तारिख अर्थात चैत २६ गतेदेखि लकडाउन हट्ने र हुवेइका नागरिक अन्यत्र जानसक्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

यस्तै, हुवेइको यातायात सेवा भने बुधबार अर्थात मार्च २५ तारिखदेखि सुरु हुनेछ । हुवेईमा पछिल्लो ६ दिनमा एकजनामा मात्र कोरोनाको सङ्क्रमण देखिएको छ । हुवेइमा ६७ हजार ८ सय एक जनामा कोरोनाको सङ्क्रमण देखिएकोमा तीन हजार एक सय ६० जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया