कोरोना भाइरस : ज्यान गुमाउनेको सङ्ख्या २१ हजार नाघ्यो, १ लाख १३ हजारभन्दा बढी उपचारपछि निको भए

 चैत १३, २०७६ बिहिबार ७:१:३ | एजेन्सी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको सङ्ख्या २१ हजार नाघेको छ । 

गएको २४ घण्टामा सबैभन्दा धेरै इटलीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको ज्यान गएको छ । योसँगै विश्वभरि कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २१ हजार एक सय ७८ पुगेको छ । 

यस्तै इटलीमा मात्रै सात हजार पाँच सय तीन र स्पेनमा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ । यो चीनको भन्दा पनि धेरै हो । चीनमा अहिलेसम्म तीन हजार दुई सय ८१ जनाको ज्यान गएको छ । 

अहिलेसम्म विश्वका एक सय ९८ देश र जापानको योकोहामा बन्दरगाहमा पुगेको अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको छ । अहिलेसम्म चार लाख ६७ हजार आठ सय ९० जनामा सङ्क्रमण देखिएकोमा एक लाख १३ हजार आठ सय ९ जना निको भएका छन् । 

सबैभन्दा धेरै चीनमा ८१ हजार दुई सय १८ जनामा सङ्क्रमण पुष्टि भएकोमा ७३ हजार ६ सय ५० जना उपचारपछि निको भएका छन् भने चार हजार दुई सय ८७ जनाले उपचार गराइरहेका छन् । 

यस्तै चीनपछि इटलीमा सबैभन्दा धेरै ७४ हजार तीन सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म ९ हजार तीन सय ६२ जना उपचारपछि स्वस्थ भएका छन् भने ५७ हजार पाँच सय २१ जनाको उपचार भइरहेको छ । 

इटालीपछि अमेरिकामा सङ्क्रमितको सङ्ख्या धेरै छ । अमेरिकामा ६५ हजार ६ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएकोमा ९ सय ३१ जनाको ज्यान गएको छ भने तीन सय ९४ जना मात्रै निको भएका छन् । सङ्क्रमितको तुलनामा निको हुनेको सङ्ख्या अमेरिकामा अरु देशमा भन्दा कम छ । अमेरिकामा ६४ हजार तीन सय २७ जनाको उपचार भइरहेको छ ।

चीन, इटाली र अमेरिकामा भन्दा स्पेनमा सङ्क्रमितको संख्या कम छ । तर त्यहाँ ज्यान गुमाउनेसँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ । स्पेनमा मात्रै ४९ हजार पाँच सय १५ जनामा सङ्क्रमण पुष्टि भएकोमा ६ सय ५६ जनाको ज्यान गएको छ भने पाँच हजार तीन सय ६७ जना निको भएका छन् । ४० हजार पाँच सय एक जना उपचाररत छन् । 

स्पेनपछि जर्मनीमा ३७ हजार तीन सय ३२ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई सय ६ जनाको ज्यान गएको छ । तीन हजार पाँच सय ४७ जना निको भएका छन् । अहिले ३३ हजार पाँच सय ७० जना उपचार गराइरहेका छन् । 

यस्तै इरानमा २७ हजार १७ जनामा सङ्क्रमण भएकोमा दुई हजार ७७ जनाको ज्यान गएको छ भने ९ हजार ६ सय २५ जना स्वस्थ भएका छन् । १५ हजार तीन सय १५ जनाको उपचार चलिरहेको छ । 

यसैगरी फ्रान्समा २५ हजार दुई सय ३३ जनामा सङ्क्रमण भएकोमा एक हजार तीन सय ३१ जनाको ज्यान गएको छ । तीन हजार ९ सय जना निको भएका छन् भने २० हजार दुई जनाको उपचार भइरहेको छ । 

अहिले विश्वका एक सय ९७ देश र जापानको योकोहामा बन्ददरगाहमा पुगेको अन्तर्राष्ट्रिय पानी जहाजमा गरी तीन लाख ३२ हजार ९ सय तीन जनाको उपचार भइरहेको छ । एक लाख १३ हजार आठ सय ९ जना उपचारपछि स्वस्थ भएका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया