कोरोना रोकथाम : सीमा नाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार

 चैत १३, २०७६ बिहिबार ७:१७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड १९) को सम्भावित सङ्क्रमण रोक्न सीमा नाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले बुधबार सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अदालतले यो विषयमा छलफल गर्नका लागि २४ गतेलाई बोलाएको छ । 

यही चैत १० गते कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठ वटा सरकारी निकाय तथा समितिलाई विपक्षी बनाइ अधिवक्ताद्वय माधव बस्नेत र मीरा खड्का बस्नेतले सर्वोच्च अदालतमा रिट निवदेन दायर गरेका थिए ।

अन्तिम अपडेट: चैत १०, २०८०

1 Comments

  • rajan

    March 26, 2020, 7:56 a.m.

    कोरना लाग्ला भन्न डर नभएकै हो त यी दुइलाई ??

  •  0 Reply

तपाईको प्रतिक्रिया