डाक्टर तथा स्टाफ नर्सका लागि आवेदन आह्वान

 चैत १३, २०७६ बिहिबार ८:११:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले डाक्टर तथा स्टाफ नर्सको लागि आवेदन मागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात/सात जना जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्ट तथा २० जना मेडिकल अधिकृत र सय जना स्टाफ नर्सको लागि आवेदन मागेको हो । 

जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्टको लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस गरेको हुनुपर्नेछ । यस्तै स्टाफ नर्सले मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ । 

आवेदन दिनको लागि सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । आवेदन दिन एक हप्ताभित्र [email protected] मा पठाउन सकिन्छ । 

कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवेदन मागेकाले पहिलो आवेदक पहिलो प्राथमिकता र योग्यताका आधारमा करार नियुक्त गरिने पनि मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया