पश्चिमी, मध्य र पूर्वका केही ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना

 चैत १३, २०७६ बिहिबार ८:३८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबार पश्चिमी, मध्य र पूर्वका पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

पश्चिमी वायुको प्रभावले पश्चिमसहित मध्य र पूर्वको पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार अरु ठाउँमा भने बादल लाग्दै घाम लाग्नेछ । आज राति पश्चिमी क्षेत्रका केही र पूर्वको एक दुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया