कोरोना सङ्क्रमित दुई जनाको उपचार हुँदै, अवस्था सामान्य

 चैत १३, २०७६ बिहिबार १२:१५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित दुई जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको सरकारले जनाएको छ । 

अहिलेसम्म नेपालमा तीन जनामा कोरोना पुष्टि भएकोमा एक जना निको भएका र अरु दुई जनाको काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोेलेशनमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार बुधबार मात्रै ७७ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म ६ सय ८७ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो । बाँकी ६ सय ८४ जनालाई भने कोरोना नभएको पाइएको छ । 

कोरोना भएको शङ्का लागेमा पैसा नलाग्ने फोन नम्बर १११५ मा फोन गर्न सकिनेछ । १११५ नम्बरमा बिहान ६ देखि राति १० बजेसम्म फोन गर्न सकिनेछ । यो नम्बरमा अहिले दैनिक एक हजार एक सय ५० पटकसम्म फोन आउने गरेको मन्त्रालयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया