त्रिशूली बस दुर्घटना अपडेट: ७ काे मृत्यु, २३ घाइते

 साउन ११, २०७५ शुक्रबार १५:२८:३३ | किरण लोहनी
unn.prixa.net

चितवन- काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा मृतककाे संख्या ७  पुगेकाे छ  भने घाइतेकाे संख्या २३ पुगेकाे छ ।

ज्यान जानेमा काठमाडाैंका रविन गुरुङ, तनहुँ केवशटारका बावुराम तिवारी, तनहुँ भानु-५ का सुमित श्रेष्ठको पहिचान भएकाे छ भने अन्य ४ जनाकाे पहिचान हुन भने पहिचान खुल्न सकेको छैन ।

अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ र उद्दारको काम पनि भइरहेको बताइएकाे छ ।

दुर्घटनामा जम्मा कति जनाको ज्यान गयो भन्ने बारे यकिन भइसकेको छैन ।  

मुग्लिन र कुरिनटारको बिचमा बस खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ना ६ ख २५०६ नम्बरको बसलाई ट्रकले ठक्कर दि‌ंदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया