कोरोनाकाे कारण मनमा डर बढेको छ ? मनोविदलाई फोन गरेर परामर्श लिनुहोस्

 चैत १३, २०७६ बिहिबार १३:४९:३९ | उज्यालो सहकर्मी

काठमाण्डौ –मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालले कोरोना भाइरसका कारण मनोपरामर्श आवश्यक हुनेलाई सहयोग गर्ने भएको छ ।

कोरोना भाइरसको सङक्रमण रोकथामका लागि सरकाले लकडाउन गरेका बेला डर त्रासका कारण कुनै मानसिक स्थास्थ्यसँग सम्बन्धित सेवा आवश्यक परेमा फोनबाट सेवा दिने गरी मनोविद, मनोचिकित्सक तथा चिकित्सामनोविदको टोली बनाएको र आवश्यक पर्नेले फोन वा इन्टरनेटमार्फत सेवा लिन सक्ने सीएमसी नेपालले जनाएको छ । 

कोरोनाका कारण उत्पन्न डर र त्रास भएमा देश तथा विदेशमा हुनेले तोकिएको समयमा फोन वा इन्टरनेटमार्फत सम्बन्धित मनोविद, मनोचिकित्सकबाट सेवा लिन सक्नेछन् । 

बरिष्ठ मनोचिकित्सक डाक्टर कपिलदेव उपाध्यायलाई  आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ९८४०२६५६४८ मा सम्पर्क गर्न सकिन्छ।

चिकित्सादमनोविद डाक्टर पशुपति महतलाई ९८५१०९४८३१ मा बुधबारदेखि शुक्रबारसम्म बिहान ११ बजेर ३० मिनेटदेखि १२ः३० सम्म, चिकित्सा मनोविद डाक्टर सालिकराम भट्टराईलाई आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म ९८५१२१०३९० र मनोदिन करुणा कुवँरलाई शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म ९८५१०८७३६६ मा सम्पर्क गरेर सेवा लिन सकिन्छ ।

बालमनोविद मधुबिलास खनाललाई आइतबारदेखि शुक्रबारसम्म दिउँसो १२ बजेदेखि २ बजेसम्म ९८४००७४८११ मा,  मनोपरामर्शकर्ता बिष्णुप्रसाद प्रजापतीलाई आइतबारदेखि शुक्रबारसम्म दिउँसो २ बजेदेखि ४ बजेसम्म ९८५१२१८१३५ मा, मनोविद स्मृति घिमिरेलाई आइतबारदेखि शुक्रबारसम्म  दिउँसो ४ बजेदेखि बेलुकी ६ बजेसम्म ९८४१२३४४९० मा, मनोविद राजेश कुमार झालाई सोमबार र मंगलबार बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म ९८४१२४८०४० मा, चिकित्सामनोविद सुजिता बानियाँलाई आइतबारदेखि शनिबारसम्म बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म ९८४१३५२६२५ मा र मनोपरामर्शकर्ता विष्णुभक्त कावनलाई  मंगलबार बिहान ८ बजेदेखि ९ः३० बजेसम्म ९८४१३००३९७ मा सम्पर्क गर्न सकिने सीएमसी नेपालले जानकारी दिएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया