संघीयताका कारण गणतन्त्र धरापमा : राजमो उपाध्यक्ष पौडेल

 साउन ११, २०७५ शुक्रबार १६:२:१६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले संघस्यताका कारण गणतन्त्र धरापमा परेको आरोप लगाउनु भएको छ ।

नेपाल जस्तो सानो मुलुकमा संघीयता आवश्यक नभएको बताउँदै राजनीतिक दलको एजेण्डा बिना आएको संघीयताका कारण जनताको बलिदानबाट प्राप्त गणतन्त्र नै खतरामा परेको बताउनुभयो । 

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेका ‘गणतन्त्र, राष्टियता र धर्म निरपेक्षाताको रक्षा गरौं, संघीयताको खारेजी गरौं’ विषयके अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै नेता पौडेलले यस्तो बताउनु भएको हो  ।  

राजमोकी केन्द्रीय प्रवक्ता समेत रहनुभएकी उहाँले पहाडी भूभागबाट अलग गरेर बनाइएको २ नम्बर प्रदेश, नागरिकतासम्बन्धी उदार नीतिलगायतका विषयले देशमा द्वन्द्व उत्पन्न हुने बताउँदै ‘भारतीय विस्तारवाद’ले दशकौँदेखि राष्ट्रियता र सार्वभौमिकतामा हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया