बहराइनमा कोरोना सङ्क्रमित तीन नेपालीको अवस्था सुधारोन्मुख

 चैत १३, २०७६ बिहिबार १८:२९:१ | उज्यालो सहकर्मी

काठमाण्डौ – बहराइनमा कोरोना सङ्क्रमित तीन जना नेपालीको अवस्था सुधारोन्मुख रहेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिनुभएको छ ।

उपचाररत तीनै जनाको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले जानकारी गराएको उहाँले बताउनुभयो । यस्तै शंका लागेर क्यारेन्टाइनमा राखिएका अरु तीन जना नेपाली पनि सामान्य अवस्थामा रहेको र कोरोनाको सङक्रमण नदेखिएको राजदूत सुन्दासले जानकारी दिनुभयो ।

बहराइनमा रहेका नेपाली श्रमिकलाई पर्ने जस्तोसुकै समस्या समाधानमा दूतावास सधै तयार रहेको र कोरोनाका कारण कुनै समास्या देखिएमा दूतावासमा १७७२५५८३ मा र दामोदर दाहाललाई ३२०९५०४१ मा, दिनेश घिमिरेलाई ३४१६११३६ मा तुरुन्त सम्पर्क गर्न राजदूत सुन्दासले आग्रह गर्नुभएको छ ।

बहराइन सरकार र नेपाल सरकारले कोरोनाबाट बच्न जारी गरेको सुरक्षा सतर्कता अपनाउन र कोरोनाको लक्षण मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिएमा बहराइन सरकारको हटलाइन नम्बर ४४४ मा र दूतावासमा सम्पर्क गर्न पनि दूतावासको अनुरोध गरेको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया