दक्षिण कोरियामा ९७ वर्षीया महिला कोरोना भाइरस सङ्क्रमणबाट मुक्त

 चैत १३, २०७६ बिहिबार २१:९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण कोरियामा ९७ वर्षीया महिला कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएकी छिन् ।

समाचार संस्था योन्हाप न्यूजले ती महिलाबारे थप जानकारी दिएकाे छैन् । यसलाई वृद्धवृद्धाको हकमा झन घातक मानिएको कोरोना भाइरस विरुद्धको सकारात्मक खबर भनिएको छ ।

दक्षिण कोरियामा उनी कोभिड-१९ बाट निको हुने सबैभन्दा वृद्ध व्यक्ति भएका पनि बीबीसीले जनाएको छ । यसअघि चीनले एक सय वर्षीय पुरुष कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको बताएको थियो । दक्षिण कोरियाले अहिले दिनमा २० हजार जनाको स्वास्थ्य परीक्षण गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया