पर्यटन बाेर्डकाे सीईओ छनाेट प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्त...
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकाबाट दुई घण्टामा एक सय पाँच वटा गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान ८ बजेसम्ममा ९८ वटा मोटरसाइकल र सात वटा चार पाङग्रे गाडीसहित एक सय ५ वटा गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडी नियन्त्रणमा लिएर चालकलाई फर्काइएको छ । उनीहरुलाई ‘लकडाउन’ को बेलामा गाडी चलाएकाले कारबाही स्वरुप गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गाडी बेलुकी फिर्ता गरिनेछ । कोरोना सङ्क्रमण रोकथामको लागि लकडाउन गरिएकाले पालना गर्न प्रहरीले अनुरोध गरेको छ । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सिङ्गो परिवार र आफन्तको लागि लकडाउन पालना गर्न सरकारले आग्रह गर्दै आएको छ ।