चीनले उपलब्ध गराउने चिकित्सा सामग्री आजै नेपाल आइपुग्ने

 चैत १४, २०७६ शुक्रबार १४:३८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । 

सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । 

सामान जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ । ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत रुपमै पुनःसञ्चालन हुने खत्रीले बताउनुभयो  । 

अहिले नाकाबाट फलफूल र चिकित्सा सागग्री मात्रै आउने गरेको छ । तातोपानी नाका सञ्चालनका लागि सबै तयारी पूरा भएको पनि उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया