अमेरिकी फुटबल लिगको ड्राफ्ट निर्धारित समयमै हुने

 चैत १४, २०७६ शुक्रबार १७:१५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना भाइरसको बढ्दो संक्रमणकाबीच अमेरिकी फुटबल लिगको ड्राफ्ट निर्धारित समयमै हुने भएको छ । 

ड्राफ्ट आउँदो अप्रिलको २३ देखि २५ तारिखसम्म टेलिभिजन स्टुडियोमा हुनेछ । जहाँ खेलाडी, खेलप्रेमी र मिडियालाई जान निषेध गरिएको छ । खेलाडीलाई भिडियो कन्फरेन्सबाट अन्तरवार्ता लिइनेछ ।

पहिले यो ड्राफ्ट कार्यक्रम लास भेगासमा गर्ने भनिएको थियो ।

यो कार्यक्रम अमेरिकाको सबैभन्दा ठूलोमध्येको एक हो, जहाँ ३२ टिमले खेलाडी छान्नेछन् । अघिल्लो वर्ष भएको ड्राफ्ट पाँच लाख खेलप्रेमीले अवलोकन गरेका थिए ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया