निगमको वाइडबडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री ल्याइने

 चैत १४, २०७६ शुक्रबार १७:४३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री नेपाल ल्याइने भएको छ । 

औषधिजन्य सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले मेडिकल सामग्री लिन वाइडबडी जहाज शनिबार चीन जाने तर त्यसका लागि आवश्यक प्रक्रिया टुंगिनसकेको जानकारी दिनुभयो । वाइडबडी जहाजले कोभिड-१९ परीक्षण गर्ने किट र पीपीईलगायतका औषधिजन्य सामग्री ल्याउनेछ ।

 यो चार्टर्ड उडानका लागि सम्बन्धित देशसँग उडान अनुमतिका लागि कूटनीतिक तवरबाट पहल भइरहेको निगमका प्रवक्ता अर्चना खड्काले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया