इराकबाट फर्केका बाबुछोरीसहित तीन जना बाह्रबीसेको आइसोलेशनमा

 चैत १४, २०७६ शुक्रबार १७:५१:४५ | रासस

मेलम्ची – इराकबाट फर्केका बाबुछोरीसहित तीन जनालाई आइसोलेशन वार्डमा राखिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीका मानिसलाई बाह्रबीसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा राखिएको हो ।

गएको माघ २९ गते नै इराकबाट फर्केका बाबुछोरी र छिमेकी वृद्ध काठमाण्डौमा बस्दै आएका थिए । लामो समयदेखि तीनै जना सुक्खा रुघाखोकीको लक्षण देखिएकाले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्रमा आइपुगेको स्वास्थ्यकर्मीले बताएका छन् । उनीहरुको परीक्षणका लागि सामग्री अझै आएको छैन ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया