निकुञ्जमा गस्ती टोली र जनावर तस्करबीच दोहोरो झडप : एक जनाको ज्यान गयो

 चैत १४, २०७६ शुक्रबार २०:५१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - पर्सा राष्ट्रिय निकुञ्जमा वन गस्ती टोली र तस्करबीच भएको दोहोरो गोली हानाहानमा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

निकुञ्जको कोर क्षेत्रमा जंगली जनावर मार्न पल्केका शिकारीले जनावर मार्न हतियार पडकाएपछि त्यही दिशामा निकुञ्ज रक्षाका लागि तैनाथ नेपाल सेना पुग्दा गस्ती टोली र शिकारीबीच गोली हानाहान भएको हो ।

झडपमा मकवानपुर पदमपोखरी-१३ का भिमलाल मोक्तानको ज्यान गएको हो भने त्यसै ठाउँका मोहनसिंह मोक्तान पक्राउ परेका छन् । नेपाली सेनाका जमदार मिनबहादुर सन्त्याल तस्करको गोलीबाट घाइते भएका छन् । तिघ्रामा गोली लागेका सन्त्यालको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

वनरक्षक टोलीले तस्करहरुको साथबाट २ थान भरुवा बन्दुकका साथै त्यसमा प्रयोग हुने गोली र केही बारुद नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका तस्कर मोहनसिहंलाई राष्ट्रिय निककुञ्ज संरक्षण ऐन २०२९ अनुसार कारबाही अगाडि बढाइने प्रमुख संरक्षण अधिकृत अमिर जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया