चीनले आजदेखि आफ्ना सीमानाका विदेशीको लागि बन्द गर्ने

 चैत १५, २०७६ शनिबार ८:३९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनले आजदेखि आफ्ना सीमानाका विदेशीको लागि बन्द गर्ने भएको छ ।

कोरोना भाइरसको जोखिम दोस्रो पटक फेरि फैलन नदिन चीनले आजदेखि आफ्ना सीमानाका विदेशीको लागि बन्द गर्ने निर्णय गरेको हो । गएको २४ घण्टामा चीनमा ५४ जनामा नयाँ संक्रमण देखिएको र सबै विदेशबाट आएकामा देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

हुवेई प्रान्तमा तीन जनाको ज्यान गएको छ भने ३ सय ६७ जना उपचारपछि निको भएका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया