ग्राण्डस्लाम विजेता जोकोविचकोे १० लाख युरो सहयोग

 चैत १५, २०७६ शनिबार १०:२४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना भाइरसविरुद्धको अभियानमा विश्वका नम्बर १ टेनिस खेलाडी नोवाक जोकोविचले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

सर्वियाका जोकोविचले १० लाख युरो सहयोग गर्ने घोषणा गरेका हुन् । उनले गरेको आर्थिक सहयोगले स्वास्थ्य उपकरणमा खर्च गरिने छ । सर्वियन सञ्चारमाध्यमसँग कुरा गर्दै जोकोविचले आफूले दिएको रकम जीवन बचाउनका लागि प्रयोग हुने उपकरणमा खर्च गरिने छ ।

१७ पटकका ग्राण्डस्लाम विजेता जोकोबिच अहिले स्पेनको लकडाउनमा फसेका छन् । उनको देश सर्वियमा अहिलेसम्म कोरोना भाइरसबाट ७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५० रहेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया